विमान दुर्घटनाः २४ शवको पोखरामै पोस्टमार्टम हुने
पाेखरा | माघ २, २०७९
पोखराः विमान दुर्घटनामा मृत्यु भएका २४ जनाको शवको मात्र पोखरामा पोष्टमार्टम हुने भएको छ । यती एयरको विमान पोखरामा आइतबार दुर्घटना हुँदा मृत्यु भएका ६९ जना मध्य २४ जनाको पोखरा र बाँकी ४५ जनाको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइने भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ । दुर्घटना भएको विमानमा चालक दलसहित ७२ जना सवार थिए । दुर्घटनास्थलमा ३ जना अझै अज्ञात रहेका छन् ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

